News Portal

  • आईजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता सेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता४ फागुण, २०८०
    ४६ पटक
    ४ फागुण, २०८०

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको साढे ७ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।

    कम्पनीका अनुसार सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयरहरूमध्ये ७ लाख ६६ हजार ५९३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य तोकिएको छैन ।

    उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्