News Portal

  • गोर्खाज फाइनान्सले चैत २ गते दुई आर्थिक वर्षको साधारण सभा गर्दै

    आर्थीकसंसार संवाददाता३ फागुन, २०८०
    ७६ पटक
    ३ फागुन, २०८०

    काठमाडौं । गोर्खाज फाइनान्सले २८औं र २९औं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीले २०७८/७९ र २०७९/८० को साधारणसभा चैत्र २ गते गर्ने जनाएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले उक्त मिति तय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

    उक्त सभा चैत्र २ गते दिउँसो १ बजे बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा हुने जनाएको छ । कम्पनीले साधारणसभामा हालको पूँजी संरचना परिवर्तन गरि संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ ।

    कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १८ देखि चैत्र २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
    प्रतिकृया दिनुहोस्