News Portal

  • ग्लोबल आइएमई क्यापिटलले ल्यायो डिम्याट र मेरो शेयर आजिवन नविकरण गर्न नपर्ने योजना

    आर्थीकसंसार संवाददाता३ फागुन, २०८०
    ७६ पटक
    ३ फागुन, २०८०

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले डिम्याट खाता र मेरो शेयर आजिवन नविकरण गर्न नपर्ने योजना ल्याएको छ । कम्पनीले फागुन १ गतेदेखि लागु हुनेगरी यस योजना ल्याएको हो ।

    योजना अनुसार कम्पनीमा डिम्यट र मेरो शेयर खाता खोल्दा एकमुष्ठ रपमा २ हजार रुपैयाँ भुक्तानी गरेर उक्त सुविधा लिन सकिने छ । कम्पनीका अनुसार ३ वर्ष पछि डिम्याट खाता बन्द गर्नु परेमा सम्पूर्ण रकम फिर्ता हुनेछ ।

    यस्तै, ३ वर्ष अगावै खाता बन्द गर्नु परेमा २ सय रुपैयाँ कट्टा गरेर कम्पनीले १८ सय रुपैयाँ फिर्ता दिने जनाएको छ । उक्त योजनामा आवद्ध हुँदा पीएमएस सेवा लिन चाहेमा ५० प्रतिशत छुट पाइने छ । कम्पनीले प्रत्येक वर्ष डिम्याट खाता र मेरो शेयर नविकरण गर्ने झण्झटबाट मुक्ति दिलाउँन यो योजना ल्याएको जनाएको छ ।

    हाल डिम्याट खाता खोल्ने र मेरो शेयर सेवा लिने ग्राहकहरुले प्रत्येक वर्ष क्रमशः १०० र ५० रुपैयाँ भुक्तानी गरी नविकरण गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्