News Portal

  • एनएमबि लघुवित्तले यस वर्ष लाभांश नदिने

    आर्थीकसंसार संवाददाता३ फागुन, २०८०
    ८२ पटक
    ३ फागुन, २०८०

    काठमाडौं । एनएमबि लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलई लाभांश नदिने भएको छ। कम्पनीको फागुन ११ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने भएको छ ।

    बैठकले आर्थिक वर्ष २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्