आर्थीकसंसार संवाददाता१ फागुन ,२०८०
१ फागुन ,२०८०काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा बृद्धि भएको छ ।
१८ करोड १० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको संचिती जगेडा कोषमा ४९ करोड ८० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले १ करोड ४२ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९९ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा बृद्धि भएको हो ।
यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ९ करोड ९ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थि कवर्षको सोही अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ९ बरोड १३ लाख रुपैयाँ खर्च गरेको थियो ।