News Portal

  • सगरमाथा लुम्बिनीको नाफा २० करोड , कुल बीमा शुल्क आर्जन १.९१ अर्ब

    आर्थीकसंसार संवाददाता२९ माघ, २०८०
    ७४ पटक
    २९ माघ, २०८०

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

    २ अर्ब ६२ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २० करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५.९७ प्रतिशतले वृद्धि भएको हो ।

    चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले स्पेसियल रिजर्भ सिर्षकमा २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १७ करोड २७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा २५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

    पुष मसान्तसम्ममा कम्पनीले १ अर्ब ९१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १९.८० प्रतिशतले वृद्धि भएको हो ।

    कम्पनीले यस अवधिमा ७९ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.३२ प्रतिशतले वृद्धि भएको हो ।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५.३२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २३२.४५ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्