News Portal

  • समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता२६ माघ, २०८०
    ३५० पटक
    २६ माघ, २०८०

    काठमाडौं । समृद्धि फाइनान्सले माघ २६ गते शुक्रबार अनामनगरस्थित सिटी मन्टेश्वरीका शिक्षिका तथा कर्मचारीबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

    कार्यक्रममा फाइनान्सका नायब प्र्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले उपस्थित ३१ जनाको समूहलाई बैंडिङ प्राणलीको आवश्यकता र महत्व प्रकाश पार्नुका साथै बचत गर्ने बानीको विकास, महत्व, बैंकिङ प्राणलीबाट प्रदान हुने सुविधाहरु र बैंकिङ सेवा लिन प्रोत्साहन प्रदान गरेका थिए।

    सिटी मन्टेश्वरीकी प्रिन्सिपल पुष्पा रिजालले शिक्षक तथा कर्मचारीहरुबीच राखीएको कार्यक्रमले बैंकिङ चेतनाको विकास गरेको भन्दै फाइनान्स परिवारलाई धन्यवाद दिए।

    राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधा प्रदान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस्