News Portal

  • प्रोग्रेशिभ फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ माघ, २०८०
    १०० पटक
    २४ माघ, २०८०

    काठमाडौं। प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७८/७९ मा गरेका कार्यक्रम तथा गतिविधि र आगामी योजनाबारे प्रकाश पारेका थिए ।

    सभाले आर्थिक वर्ष २०७८/७९ को वित्तीय प्रतिवेदन समेत पारित गरेको छ । सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । सञ्चालकमा लक्ष्मीप्रसाद महर्जन, शम्भुलाल डंगोल, सविना महर्जन, प्रज्ज्वलकुमार दाहाल, राजभाइ डंगोल र अनिश महर्जन चयन भएका हुन् ।

    यस वित्तीय संस्थाले हाल २२ ओटा शाखा कार्यालय तथा चारओटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थाले थप शाखा तथा एक्सटेन्सन काउन्टर स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको कम्पनीले जानकारी दिएको छ ।
    प्रतिकृया दिनुहोस्