News Portal

  • नेशनल लाईफको फड्को, नाफा १७ % बढ्दा जीवन बीमा कोष ७१.४४ अर्ब पुग्यो

    आर्थीकसंसार संवाददाता२३ माघ, २०८०
    १०५ पटक
    २३ माघ, २०८०

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १७ प्रतिशत बढेर २५ करोड ५१ लख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

    पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ११.३२ प्रतिशत बढेर ८ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७३ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

    यस अवधिमा कम्पनीको दावी भुक्तानी १४ प्रतिशत बढेर ९ अर्ब ४४ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ४० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    अभिकर्ता कमिसनवापत कम्पनीले ७६ करोड ७४ लाख रुपैयाँ, सेवा शुल्क वापत ६ करोड २९ लाख रुपैयाँ, कर्मचारीको तलबवापत २३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ, सेयर प्रिमियम २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोष ४९ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ६० करोड १८ लाख रुपैयाँ, अन्य इक्विटी ४८ करोड ८३ लाख रुपैयाँ र जीवन बीमा कोष ७१ अर्ब ४४ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

    कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ९.९० रुपैयाँबाट बढेर १०.१८ रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १३२.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.२२ गुणा छ ।

    कम्पनीले १५ लाख ९२ हजार ७७६ बीमा लेख जारी गरेको छ । यस अवधिसम्म कम्पनीले ५८ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ दीर्घकालिन लगानी गरेको छ भने ५ अर्ब १० करोड रुपैयाँ छोटो अवधिका लागि लगानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्