News Portal

  • नेपाल बीमा प्राधिकरणद्धारा शिक्षक एवं विद्यार्थीहरुसँग बीमा अन्तरक्रिया सम्पन्न

    आर्थीकसंसार संवाददाता२१ माघ, २०८०
    ९५ पटक
    २१ माघ, २०८०

    काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८० को वार्षिक कार्यक्रम अनुसार शिक्षक एवं विद्यार्थीहरुसंग बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ १९ गते बारा जिल्लाको श्री जनता उच्च माध्यमिक विद्यालय, उमजनमा सम्पन्न गरेको हो ।

    उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जनता उच्च माध्यमिक विद्यालयका सह प्रधानाध्यपक रामनाथ प्रसाद चौधरी र विशेष अतिथिको रुपमा नरेश चौधरी ररेहका थिए ।

    उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका कर्मचारी सागर आचार्यले गरेका थिए । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरु सहित ८० जना भन्दा बढीको सहभागीता रहेको थियो।

    कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका कर्मचारी सागर आचार्यले गरेका थिए ।

    प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा, शिक्षक र विद्यार्थीको बीमा प्रवर्द्धनमा भूमिका र नेपालको बीमा क्षेत्रमा विद्यार्थीहरुको भविष्य लगायतका विषयहरुमा प्रस्तुतिकरण दिएका थिए ।

    प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले बीमाका विविध विषयहरुमा जिज्ञासा राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि रामनाथ प्रसाद चौधरीले समाजमा विद्यमान विभिन्न जोखिम विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्ने माध्यम बीमा रहेको र शिक्षक एवं विद्यार्थीहरुले समाजमा बीमाको साक्षरता अभिवृद्धि गर्न भूमिका खेल्नु पर्ने धारणा व्यक्त गरे ।

    साथै, कार्यक्रम आयोजना गरी नेपाल बीमा प्राधिकरण र बीमाका विविध विषयहरुमा जानकारी उपलब्ध गराएकोमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयलाई धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रमको समापनमा प्राधिकरणको मधेश प्रदेश कार्यालयका सहायक निर्देशक अनिश तिमिल्सिनाले शिक्षक र विद्यार्थीहरुले बीमाको महत्व बूझी समाजमा बीमा सम्बन्धी साक्षरता अभिवृद्धि गरी बीमाको दायरा विस्तारमा योगदान गर्नु पर्ने धारणा राख्दै कार्यक्रम समापन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्