News Portal

  • राष्ट्रिय वाणिज्य बैंक र सुनकोशी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    १२३३ पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सिन्धुलीेको सुनकोशी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा दिनेसम्बन्धी सम्झौता भएको छ । बैंक र सुनकोशी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बैंक र गाउँपालिकाबीच बिहीबार काठमाडौंमा सम्झौता भएको हो ।
    सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा (दाहाल)ले हस्ताक्षर गरेकी छिन् । सम्झौतापछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । गाउँपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ ।
    कार्यक्रममा बागमती प्रदेशसभाका माननीय सांसद् राजन दाहालले गाउँपालिकाले बजार तथा सडकको विस्तार गरी सकेको हुनाले कृषकलाई उत्पादन, बजारीकरण कार्यको लागि उत्प्रेरित गर्न यस्तो कर्जाले महत्वपूर्ण सघाउ पुर्याउने कुरा जानकारी दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यस्तो सहमतिले स्थानीय स्तरमा उद्यमशीलताको विकास भई कर्जा लगानी र असूलीमा सघाउ पुग्ने बताए । गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा (दाहाल)ले यस्तो सहुलियतपूर्ण कर्जा युग परिवर्तन गर्नको लागि अवसर हुने बताइन् ।

    प्रतिकृया दिनुहोस्