News Portal

  • साधना लघुवित्तद्वारा लघुबीमा क्षतिपुर्ति दाबी वितरण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१८ माघ २०८०
    १४७ पटक
    १८ माघ २०८०

    काठमाडौं । साधना लघुवित्तले वित्तीय साक्षरता र लघुबीमा क्षतिपुर्ति दाबी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको नवलपरासी जिल्ला स्थित शाखा कार्यालय सुनवलले सुनवल न.पा वडा नं ४ स्थित सुनवल चोकमा सो कार्यक्रम संचालन भएको थियो ।

    वित्तीय साक्षरता कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले लघुवित्त संस्था गरिब तथा विपन्न परिवारलाई जिविको पार्जन तथा स–सना व्यवशायको माध्यमबाट नेपालमा गरिबी न्यूनिकरणमा महत्वपु्र्ण भुमिका निर्वाह गरेको र लघुवित्त संस्थाबाट लिएको कर्जा नियिमत तिर्न तथा कर्जा मिनाहा हुने भ्रमबाट मुक्त हुनु पर्ने कुरामा जोड दिएका थिए ।

    हाल केहि व्यक्तिहरु लघुवित्त संस्थाको क्रृण मिनाहा हुन्छ भन्ने कुराको भ्रममा रहेको, लघुवित्त संस्थाले बाणिज्य बैंकहरुबाट होलसेल कर्जा लिएर खुद्ररा रुपमा न्युन मार्जिन हाल मार्जिन माइन्समा भएपनि सेवा प्रवाहलाई निरन्तरता गरिरहेकोले स्थानिय निकायको पदाधिकारी तथा समाजको बुद्धिजिवीहरुले कर्जा लिएपछि कर्जा तिर्नुपर्ने कुरालाई राम्रोसँग बुझाउनु पर्ने आवश्यक्ता रहेको, हल्लाको पछि नलागी यथार्थ कुरा पता लगाउन तथा लघुवित्त संस्थाको सेवा प्रवाहमा कमि कजोरी देखिएमा नेपाल राष्ट्र बैंकमा गुनासो राख्न सकिने भनि जानकारी गराउनु भएको थियो ।

    सुनवल नगरपालिका वडा नं ४ का वडा सदस्य तेज वहादुर गुरुङ्गले वित्तीय संस्थाले पूँजीको अभावमा व्यवसाय गर्न नसकेका व्यक्तिहरुलाई ससानो कर्जा मार्फत् उद्यमशिल बनाउनुको साथै सदस्यको परिवारमा विपदको घडिमा समेत राहत पु–याई उदाहरणिय कार्य गरेकोमा धन्यवाद व्यक्त गर्दै वित्तीय संस्थाको सफलताको कामना गरे ।

    यसैगरी एनएमवि बैंक सुनवल शाखा प्रमुख अर्जुन ज्ञवालीले वित्तीय संस्थाले बचत कर्जाको कारोबारसँगैं सामाजिक उत्तरदायित्व प्रति समेत खेलेको भूमिकाको प्रशंशा गर्दै वित्तीय संस्थाले आगामी दिनमा ग्राहक मैत्री सेवामा अग्रणी संस्थाको रुपमा आफ्नो पहिचान बनाउने विश्वास व्यक्त गरे ।

    उल्लेखित कार्यक्रममा शाखा कार्यालय सुनवलमा आवद्ध केन्द्र नं ११६ मा आवद्ध सदस्य भुमिकला गैह्रेको असमायिक निधन भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरि निजको श्रीमान भुपराज गैह्रेलाई बीमा क्षतिपुर्ति बापत ३ लाख २५ हजार निजको नाममा रहेको कर्जा भुक्तानी गरि बाँकी १ लाख १५ हजार नौ सय पन्ध्र वडा प्रतिनिधि र प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा क्षतिपुर्ति रकम वित्तरण गरेका थिए ।

    वित्तीय संस्था हाल ३१ जिल्लामा ९३ वटा शाखा कार्यालय मार्फत १ लाख ५ हजार सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको साथै लगभग ५० हजार जना व्यक्तिहरुलाई लघुउद्यम तथा व्यवशाय गर्न कर्जा उपलब्ध गराएर रोजगारी सिर्जना गरेको, वित्तीय संस्थाले कर्जा, बचत, बीमा, रेमिटान्स मात्र नभई गैर वित्तीय सेवा पनि प्रदान गर्दै आएको र भविष्यमा आफ्नो सेवा प्रवाहलाई देशको विभिन्न भुभागमा बिस्तार गरि कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

    कार्यक्रममा सुनवल न।पा वडा नं ४ का वडा सदस्य तेज बहादुर गुरुङ, साधना लघुवित्त बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने, लेखा अधिकृत चिरञ्जीवी चापागाई, एनएमवि बैंक सुनवल शाखाका प्रमुख अर्जुन ज्ञवाली, साधना लघुवित्त वित्तीय संस्थाका स्टेशन अधिकृत भुमिनन्द जैसी, शाखा कार्यालय सुनवलका शाखा प्रमुख कृष्ण रावल, स्थानिय समाजसेवी, बुद्धिजिवी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्