News Portal

  • आइएमई लाइफद्धारा घातक रोग वापत ५ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१८ माघ, २०८०
    १३५ पटक
    १८ माघ, २०८०

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सरोज कुमार खालिङ्ग राईलाई घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीले उनलाई दाबी भुक्तानी वापत ५ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

    राईले २०७८ बैशाख २७ गते रु ५ लाख १० हजार रुपैयाँ बीमाङ्कको बीमा गरेका थिए । उनले आफ्नो बीमाको ३ किस्ता मात्रै जम्मा गरेका थिए । उनलाई मुटु सम्बन्धि रोग पुष्टि भएको थियो । उनले बिर्तामोड स्थित Sanjeevani Heart Hospital P. LTD मा डा. सिपि यादवसङ्ग निरन्तर परामर्श गराइरहेका छन् ।

    राईलाई बिर्तामोड शाखामा बोलाई प्रदेश नम्बर १ का प्रदेश प्रमुख मिलन दाहालले शिघ्र स्वास्थ्य लाभको कामना सहित दाबी वापतको रकमको चेक हस्तान्तरण गरेका हुन् ।
    प्रतिकृया दिनुहोस्