News Portal

  • डिएभीले आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ माघ, २०८०
    ९९ पटक
    १७ माघ, २०८०

    काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको पाचौँ डि.ए.भी. (+2) अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता यही मिति २०८०–१०–१३ गते संस्थाका अध्यक्ष श्री अनिल केडियाको उपस्थितिमा भव्यताका साथ शुभारम्भ गरिएको थियो । कलेजको आफ्नै फुटसल मैदानमा ४२ कलेजहरूका सहभागिता रहेको उक्त प्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथि केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, त्यस्तै मुख्य अतिथिका रूपमा नेपालका भू.पू. राष्ट्रिय फुटबल खेलाडी श्री प्रदीप महर्जन तथा कलेजका प्रिन्सिपल श्री सुमन बस्नेत ले समुद्घाटन गर्नुभएको थियो । उक्त समुद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा केडिया अर्गनाइजेशनका कर्पोरेट मार्केटिङ प्रमुख राजकुमार शाह, शिव शक्ति युनिफर्मका सञ्चालक÷एकल विद्यालय फाउन्डेसनका अध्यक्ष श्री महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठको उपस्थिति थियो । चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता ++2 तहको सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल श्री सुमन बस्नेतले गर्नुभयो । साथै उक्त प्रतियोगिताका विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष श्री अनिल केडिया, कलेजका प्रिन्सिपल श्री सुमन बस्नेत, शिव शक्ति युनिफर्मका सञ्चालक÷एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठबाट संयुक्त रूपमा विजेता टिम विनायक सिद्ध कलेजलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम कुमारी एकेडेमी (KEBS)  लाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी डिएभी कलेजका भारगव सिलवाल, उत्कृष्ट गोलरक्षक कुमारी एकेडेमीका विवेक श्रेष्ठ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका महेश दर्नाललाई पनि जनही नगद रू.१५,०००, व्यक्तिगत ट्रफी र प्रमाणपत्र वितरण गरियो ।

    प्रतिकृया दिनुहोस्