News Portal

  • एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१६ माघ २०८०
    ८७ पटक
    १६ माघ २०८०

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका मधेश प्रदेश शाखा कार्यालय बर्दिवास शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिबारलाई घरदैलोमा गई दावी रकम वापतको रु. २ लाख ३३ हजार ८०९ रुपैयाँ उपलब्ध गराएको हो ।

    शाखाले आयोजित गरेको कार्यक्रममा कम्पनीका बद्रिबास शाखाका शाखा प्रबन्धक एश्वर्य कुमार कर्णले बीमितका श्रीमती तथा इच्छाएको व्यक्ति बिमला मण्डललाई दावी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

    यही असोज ३१ गते गते धनुषाको मिथिला न.पा. वडा नं. ०६ ,ढल्केवरमा छातीमा दर्द भएको र उपचार गराउन बाहिर जाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । बीमितलाई अभिकर्ता भक्त बहादुर श्रेष्ठलले २०७८ साल चौत्र महिनामा रु.२००,००० को बीमा गराएका थिए ।

    उक्त कार्यक्रममा कर्णले एशियन लाईफ इन्स्योरेन्स सदैव बीमितको हकिहित प्रति प्रतिबद्घ रहेको र दाबी भुक्तानी प्रक्रियामा अझै शीघ्रता ल्याई आम नागरिकको बीमा प्रतिको भरोसा बृद्घि गर्न कुनै कसर बाकी नराखिने जानकारी गराएका थिए ।

    उक्त बीमा दावी भुक्तानी कार्यक्रममा अभिकताक साथै बीमितका श्रीमाती, परिवारजन, विद्यार्थी तथा समाजका विशिष्ठ व्यक्तिहरको उपस्थित रहेको थियो ।

    प्रतिकृया दिनुहोस्