News Portal

  • रिलायन्स फाइनान्सका ग्राहकलाई लाईफकेयर डायग्नोस्टिक्स पोखरामा विशेष छुट

    आर्थीकसंसार संवाददाता१६ माघ, २०८०
    १०७ पटक
    १६ माघ, २०८०

    काठमाडौं । रिलायन्स फाइनान्स र लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखराबिच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने गरी पोखरा स्थित लाई लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखरासँग सम्झौता गरेको छ ।

    यो सम्झौतापछि रिलायन्स फाइनान्स लिमिटेडका शेयर धनी , कर्मचारी, कर्मचारीका परिवार तथा ग्राहकलाई लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखराले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरिएको छ ।

    सम्झौता पत्रमा रिलायन्स फाइनान्स लिमिटेडको तर्फबाट पोखरा शाखा प्रबन्धक प्रकाश पौडेल र लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखराको तर्फबाट प्रबन्ध निर्देशक शुक्रराज कँडेलले हस्ताक्षर गरेका हुन्।
    प्रतिकृया दिनुहोस्