News Portal

  • एनआईबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिन अब १ दिन मात्र बाँकी

    आर्थीकसंसार संवाददाता१५ माघ, २०८०
    १६९ पटक
    १५ माघ, २०८०

    काठमाडौं । एनआइबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिन मिति २०८०/१०/१६ गतेसम्म अर्थात अब १ दिन मात्र बाँकी रहेको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड” (बन्दमुखि योजना)को रु. १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु प्रति इकाई अंकित मूल्य रु.१० /– दरमा मिति २०८०/१०/०२ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा हालसम्म प्राप्त भएको विवरण अनुसार ४१,४६५ जना आवेदकहरुद्वारा १०,०५,९६,४८० इकाई खरिदका लागि आवेदन प्राप्त भएको र उक्त आवेदन मध्ये ४,६३९ आवेदकद्वारा माग भएको १,४४,९१,८०० इकाईको आवेदन रद्द भएको छ ।
    यस बन्दमुखि योजनाको इकाई खरिदका लागि ‘मेरो सेयर’ मार्फत सजिलै आवेदन दिन सकिनेछ । साथै आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तिय सस्थाबाट समेत आबेदन दिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्