News Portal

  • सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा श्री रतन लाल केडिया नियुक्त

    आर्थीकसंसार संवाददाता१५ माघ, २०८०
    २७२ पटक
    १५ माघ, २०८०

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को मिति २०८०।१०।११ मा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित हुनु भएका सञ्चालकहरु श्री रतनलाल केडिया, श्री कुमार प्रसाद कोइराला, श्री भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, श्री केशव राज के.सी. र श्री परिक्षीत खेम्का मध्येबाट मिति २०८०।१०।१२ को सञ्चालक समिति बैठकले श्री रतन लाल केडियाज्यूलाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको छ ।
    आज मिति २०८०।१०।१४ गते अध्यक्ष श्री रतन लाल केडियाज्यूले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ गर्नु भई अध्यक्षको पदभार ग्रहण गर्नुका साथै अन्य सञ्चालकज्यूहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ गर्नु भई सञ्चालकको पदभार ग्रहण गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्