News Portal

  • सिद्धार्थ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता३ मंसिर, २०७७
    ११८० पटक
    ३ मंसिर, २०७७

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा पाँँच करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ५ दशमलव ७७ प्रतिशतले बढेको छ । गत वर्ष यसै अवधिमा सिद्धार्थले ४ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
    कम्पनीले २५ करोड ११ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले यस अवधिसम्ममा २५ करोड ५६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
    कम्पनीबाट त्रैमासम्ममा दाबी भुक्तानी हुन बाँकी रकम ९८ करोड ९० लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३४ करोड ५१ हजार रुपैयाँ संचित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ २९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ८५ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्