News Portal

  • लक्ष्मी टेक्नोप्लाष्टले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट

    आर्थीकसंसार संवाददाता१५ माघ, २०८०
    ९४ पटक
    १५ माघ, २०८०

    काठमाडौं । लक्ष्मी टेक्नोप्लाष्टले सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरका १४ लाख कित्ताले हुन आउने १४ करोड रकम बराबरको साधारण सेयरमा अंकित मुल्यमा प्रिमियम रकम थप गरी साधारण सेयर जारी गर्न लागेको छ ।

    कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

    लक्ष्मी टेक्नोप्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    लक्ष्मी टेक्नोप्लाष्ट लिमिटेड वि.सं. २०७२ असोज १८ गते प्राइभेट कम्पनीको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

    प्रतिकृया दिनुहोस्