News Portal

  • रिलायबल नेपाल लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१५ माघ, २०८०
    ४५ पटक
    १५ माघ, २०८०

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले १४ लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वड नंं ५ निवासी स्वर्गीय रामबहादुर घर्तीको परिवारलाई सो बराबरको दाबी रकम हस्तान्तरण गरेको हो ।

    बीमा रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी, जनप्रतिनिधि निमबहादुर बुढामगरको रोवरमा निज बीमित स्वर्गीय ब. घर्तीको श्रीमती काशीमाया घर्तिलाई हस्तान्तरण गरिएको हो ।

    स्वर्गीय रामबहादुर घर्तीको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएको थियो । उनको श्रीमती काशीमाया घर्तीलाई बीमा वापत १४ लाख रुपैयाँ माघ १५ गते उनको घरमा नै गई दिएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्