News Portal

  • एनएलजी इन्स्योरेसद्धारा कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी आधारभुत तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ माघ २०८०
    ५४ पटक
    १४ माघ २०८०

    काठमाडौं । एनएलजी इन्स्योरेस कम्पनीले कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी आधारभुत तालिम सम्पन्न गरेको छ । कर्णाली प्रदेशको सल्यान जिल्लामा कृषि बीमालाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीको सल्यान शाखाको आयोजना उक्त तालिम सम्पन्न भएको हो । तालिम माघ ११ गतेबाट माघ १३ गतेसम्म संचालन भएको थियो ।

    तालिममा ५० जनाको सहभागिता रहेको थियो । तालिमको मुख्य प्रशिक्षकमा एनएलजी इन्स्योरेन्स कम्पनीका बिजनेश कोअर्डिनेटर थिए भने सहजकर्ताको रुपमा कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख हरिहर अर्याल लगायत कम्पनीका बिभिन्न शाखाका कर्मचारीहरु लेख बहादुर खत्री,अनु हमाल,कल्पना थापा र अनुराग बोहरा रहेका थिए ।

    तालिममा सहभागीहरुले अभिकर्ता तालिम निकै फलदायी भएको र तालिम बाट सिकेका ज्ञान सिप बाट कृषकहरुलाई बीमा बारे जानकारी गराउन सहज हुने र स्वरोजगार मा समेत टेवा पुग्ने बताएका थिए ।

    उक्त ३ दिने तालिममा कृषि बीमाका सैदान्तिक पक्ष लगायत कृषि बीमाका बिभिन्न बीमालेखको बारेमा जानकारी गराईएको थियो । एनएलजी इन्स्योरेन्स कम्पनीले हालै मात्र बिराटनगर, रामेछापको मन्थलीमा समेत कृषि,पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी आधारभुत तालिम सफलता पुर्वक सम्पन्न गरी सकेको छ ।

    आगामी दिनमा कम्पनीले डोल्पा र पश्चिम रुकुममा समेत बीमा अभिकर्ता तालिम संचालन गर्ने योजना बनाएको छ ।

    प्रतिकृया दिनुहोस्