News Portal

  • सिटिजन लाइफको वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता३ मंसिर, २०७७
    १८७९ पटक
    ३ मंसिर, २०७७

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६० करोड ८६ लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८२ दशमलव ४९ प्रतिशतले बढी हो ।
    एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३७ करोड ५० लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ८२ लाख रुपैयाँ रहेको छ । महा विपत्ती कोषमा ४ करोड ७० लाख रुपैयाँ रहेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीले ६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ मात्र मुनाफाआर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२ प्रतिशतले धेरै हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ११करोड ४५ लाख ८० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।
    समीक्षा अवधिमा कम्पनीले ६२ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढी हो ।

    प्रतिकृया दिनुहोस्