News Portal

  • एशियन लाइफको ८.१६ प्रतिशत लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१४ माघ, २०८०
    ४८ पटक
    १४ माघ, २०८०

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ १२ गते बसको बैठकले ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब १५ करोड रुपैयाँको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद गरी कूल ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

    प्रतिकृया दिनुहोस्