News Portal

  • नेको इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, ५ संचालक निर्विरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता१३ माघ, २०८०
    २७१ पटक
    १३ माघ, २०८०

    काठमाडौं । नेको इन्स्योरेन्सले २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो ।

    सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ। सोही आर्थिक वर्षको लेखापरीक्षणको प्रतिवेदन पनि सभाले अनुमोदन गरेको छ ।

    सभाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पनि स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

    कम्पनीको आज सम्पन्न साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट विनय रमण पौडेल(प्रतिनिधी राष्ट्रिय वाणिज्य बैंक) र प्रताप सुवेदी (प्रतिनिधी कृषि विकास बैंक) तथा सर्वसाधारण समुहबाट भानुभक्त पोखरेल, डा.निलीमा श्रेष्ठ र भरत कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

    यस वर्ष कम्पनीले लाभांश भने वितरण नगर्ने भएको छ । गत वर्ष भने कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्