News Portal

  • एशियन लाइफको जनकपुरधामद्वारा बीमितको घरदैलोमै मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१३ माघ, २०८०
    ६० पटक
    १३ माघ, २०८०

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको शाखा कार्यालय जनकपुरधामले बीमितको घरदैलोमै पुगेर मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका जनकपुर शाखाका शाखा प्रबन्धक दिपेन्द्र कुमार महतोले बीमितको छोरी तथा इच्छाएको व्यक्ति लालमुनी कुमारीलाई दाबी भुक्तानी हस्तान्तरण गरेका हुन् । कम्पनीले दाबी रकम वापतको १ लाख ५६ हजार १६७ रुपैयाँ वापतको चेक हस्तान्तरण गरेको हो ।

    गत कार्तिक ५ गते गते महोत्तरीको रामगोपालपुर न.पा. वडा नं. ०७ , सहसैलामा छातीमा समस्या भई उपचार गराउन बाहिर जान तयारी गर्ने क्रममा आफनै निजि निवासमा बीमितको मृत्यु भएको थियो । बीमितले रु.१ लाख रुपैयाँको बीमा गराएका थिए ।

    उक्त कार्यक्रममा महतोले एशियन लाइफ इन्स्योरेन्स सदैव बीमितको हकिहित प्रति प्रतिबद्घ रहेको र दाबी भुक्तानी प्रक्रियामा अझै शीघ्रता ल्याई आम नागरिकको बीमा प्रतिको भरोसा वृद्धि गर्न कुनै कसर बाकी नराखिने जानकारी गराएका थिए । उक्त बीमा दाबी भुक्तानी कार्यक्रममा अभिकर्ता साथै बीमित श्रीमान्, परिवारजन, विद्यार्थी तथा समाजका विशिष्ठ व्यक्तिहरको उपस्थित रहेको थियो ।
    प्रतिकृया दिनुहोस्