News Portal

  • सानिमा रिलायन्स लाइफको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, ६ संचालक निर्विरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता११ माघ, २०८०
    ७४ पटक
    ११ माघ, २०८०

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।

    सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभाले स्वीकृत गरेको छ ।

    सभाले कम्पनी सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गरेको छ ।

    सभाले पारित गरेका सामान्य र विशेष प्रस्ताव स्वीकृतिका लागि नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न निर्देशन वा कैफियत प्राप्त भएमा सोसमेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

    प्रतिकृया दिनुहोस्