News Portal

  • रिलायन्स फाइनान्स र मेडिप्लस हस्पिटलबीच सहकार्य

    आर्थीकसंसार संवाददाता११ माघ, २०८०
    ८४ पटक
    ११ माघ, २०८०

    काठमाडौं । रिलायन्स फाइनान्स र मेडिप्लस हस्पिटलबीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरा स्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर सँग सम्झौता गरेको छ ।

    यो सम्झौतापछि रिलायन्स फाइनान्स लिमिटेडका शेयर धनी , कर्मचारी कर्मचारीका परिवार तथा ग्राहकलाई हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

    त्यस्तै हस्पिटलका शेयर सदस्य, संस्थामा कार्यरत डाक्टर तथा कर्मचारीहरूले रिलायन्सले प्रदान गरेको वित्तीय सेवाहरू सर्वसुलभ दरमा प्राप्त गर्नेछन् ।

    सम्झौता पत्रमा रिलायन्स फाइनान्स लिमिटेडको तर्फबाट पोखरा शाखा प्रबन्धक प्रकाश पौडेल र मेडिप्लस हस्पिटल एण्ट ट्रमा सेन्टर प्रा.लिको तर्फबाट प्रबन्धक सुरेश राज सुवेदीले हस्ताक्षर गरे ।

    प्रतिकृया दिनुहोस्