News Portal

  • कर्जाको ब्याजदर एकल अंकमा आउन सक्छ : गभर्नर अधिकारी

    आर्थीकसंसार संवाददाता१० माघ, २०८०
    १६५ पटक
    १० माघ, २०८०
    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउन सक्ने बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सबको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।

    ‘बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा छ । त्यसलाई हामी प्रयोग गर्नसक्छौं । बैंकहरुको कर्जा माग वृद्धि हुने अपेक्षा छ । त्यहीअनुसार पोलिसी रेटहरु पनि घटाएका छौं । अधिकांश कर्जाहरु बैंकले १०.२५ भित्र दिनु पर्छ । विस्तारै वाणिज्य बैंकहरुको कर्जा सिङगल डिजिटमा जाने अवस्था आएको छ ।’ उनले भने ।

    गभर्नर अधिकारीले अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको बताए । बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको बताउँदै उनले राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको अवस्था रहेको बताए ।

    अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको बताउँदै उनले तत्कालका लागि नेपाली बैंकहरु साना-साना संकटमा अफ्ठ्यारो पर्ने अवस्थामा नभएको जानकारी गराए । नेपाली बैकिङ क्षेत्र सक्षम र बलियो रहेको उनको भनाई छ । उनले बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रुपमा विकास गर्दै गएको बताए । अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरुले सहयोगले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको उनले बताए ।

    त्यस्ते, उनले बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा रहेको जनाए । अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको बताउँदै उनले बाह्य क्षेत्रको सुधार, बैंकिङ क्षेत्रभित्र पनि रिकभरी बाहेक अन्य कुराहरुमा ठूला समस्या नभएको उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्