News Portal

  • नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म पाउने

    आर्थीकसंसार संवाददाता९ माघ, २०८०
    ४७ पटक
    ९ माघ, २०८०

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

    कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दर कायम गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७८/७९को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट माघ ३गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

    सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) बीमालेखमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

    सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटि जीवन बीमा)योजनामा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६५ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

    सावधिक जीवन (जीवन समुन्नत) बीमालेखमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ५६ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५६ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ७० रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर तोकेको छ ।

    सावाधिक तथा आजीवन (जीवन साहारा) बीमायोजनामा ० देखि १० वर्ष अवधिको ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

    कम्पनीले अग्रिम भुक्तानी (जीवन समृद्धि) बीमा योजनाको १५ र २० वर्षे अवधिको प्रतिहजार ५० रुपैयाँ बोनस दर तोकेको छ ।

    अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनस दर तोकेको छ ।

    अन्य (जीवन सारथी) बीमा योजनामा कम्पनीले ० देखि १० वर्ष अवधिको ६२ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६१ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६१ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

    कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्