News Portal

  • युनाईटेड इन्स्योरेन्सको निमित्त सीईओमा उपासना पौडेल नियुक्त

    आर्थीकसंसार संवाददाता३ मंसिर, २०७७
    १९१४ पटक
    ३ मंसिर, २०७७

    काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त सीईओको पदमा नियुक्त गरेको हो ।
    कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएपछि इन्स्योरेन्सले उक्त पदमा पौडेललाई नियुक्त गरेको हो । भट्टराईको करार अवधि गत कार्तिक २४ गतेबाट समाप्त भएको थियो । साथै, उनको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत वर्षको तुलनामा बीमाशुल्क आर्जन गरेर ४४ प्रतिशतको बृद्धि गर्न सफल भएको इन्स्योरेन्सले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्