News Portal

  • नेपाल लाइफका सेयरधनीले लाभांश नपाउने

    आर्थीकसंसार संवाददाता८ माघ, २०८०
    ६० पटक
    ८ माघ, २०८०

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । इन्स्योरेन्सले कुनै पनि लाभांश वितरण नगर्ने भएसँगै कम्पनीका सेयरधनीले लाभांश नपाउने भएका हुन् ।

    माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

    साथै, कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु पारित गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने बताएको छ ।

    कम्पनीले यसअघि अर्थात आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्