आर्थीकसंसार संवाददाता८ माघ, २०८०
८ माघ, २०८०काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशको बिर्तामोडमा झापामा बैंकर्स तथा उद्योगी व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले इन्स्योरेन्स रिक्स एण्ड सम्पत्ती सुद्धिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उक्त कम्पनीको सिइओ सुनिल बल्लभ पन्तले वर्तमान अवस्थामा बीमाको प्रभाबिकता र महत्व बारे प्रकाश परेका थिए । सो कार्यक्रममा कम्पनीका विभागीय प्रमुखहरु प्रभात एसी र बिमल काजी श्रेष्ठले क्रमस बीमाको माध्यमबाट सम्पति सुद्धिकरण र गलत बीमालेखनको कारणले दाबी भुक्तानीमा हुन् सक्ने समस्याका बारेमा प्रष्ट परेका थिए ।