News Portal

  • शिखर इन्स्योरेन्सको नौबिसे शाखाद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता६ माघ, २०८०
    ११० पटक
    ६ माघ, २०८०

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको नौबिसे शाखाले बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको वडा न ८ महाङ्कालमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

    धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको वडा न ८ महाङ्कालमा भएको कार्यक्रममा कृषकहरुलाई बीमा सचेतना र साक्षरता सम्बन्धी जानकारी गराईएको थियो ।

    उक्त सचेतना कार्यक्रममा शाखा प्रमुख विवेक भण्डारी साथै मार्केटिङ्ग बिभागका सुन्दर राईले निर्जिवन बीमाको महत्व र प्रकृति बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि थाक्रे गाउँपालिका वडा नं ८ का वडा सदस्य राजकुमार गुरुङ्ले शिखर इन्स्योरेन्सले समयमै दाबी भुक्तानी गरेकोमा धन्यवाद व्यक्त गरे ।

    स्थानीय समाजसेवी गौतम प्रसाद सुबेदीले कृषि बीमा आम वडावासीको लागि नयाँ भएकोले यस्ता सचेतना सम्वन्धी कार्यक्रम नियमित सम्पन्न गर्नु पर्ने सुझाव दिए ।

    हाल कृषि, पशुपन्छी र जडीबुटी बीमामा संघीय सरकारबाट ८० प्रतिशत अनुदानको व्यवस्था छ । अर्थात कृषकले बीमा शुल्कको २० प्रतिशत रकम तिरेर सेवा खरिद गर्न पाउँछन् । यसरी बीमा गर्दा कृषकले दुर्घटना बीमा बापत पाँच सय र टिकट दस्तुर २० गरी जम्मा पाँच सय २० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । बीमीत कृषकको दुर्घटनाबाट मृत्यु भएमा २ लाख रुपैयाँ दावी भुक्तानी हुन्छ ।

    प्रतिकृया दिनुहोस्