News Portal

  • कुमारी बैंकको साढे ४५ हजार कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता५ माघ, २०८०
    १०९ पटक
    ५ माघ, २०८०

    काठमाडौं । कुमारी बैंकको साढे ४५ हजार कित्ता शेयर आज माघ ५ गतेबाट बिक्रीमा राखिएको छ।

    बैंकले संस्थापक शेयरधनी नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४५ हजार ५२० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

    इच्छुक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा दिन सकिनेछ।

    बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्