News Portal

  • आरविवि मर्चेन्ट बैकिङ्गद्धारा १५० जना विधार्थीलाई न्यानो कपडा वितरण

    आर्थीकसंसार संवाददाता५ माघ, २०८०
    १०६ पटक
    ५ माघ, २०८०

    काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको छ । भूकम्पले प्रभावित जाजरकोट जिल्ला, नलगाड न.पा. ०५, पोखरा स्थित श्री इन्द्र धनुष प्राथमिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका १५० जना विधार्थीहरुलाई न्यानो कपडा (ज्याकेट र टोपी) वितरण गरिएको कम्पनीले जनाएको छ।

    सो विद्यालयको भवनको कोठाहरु भत्किएको हुँदा विधार्थीहरु खुल्ला चौरमा पढ्न वाध्य थिए । यस सहयोगले विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्दै यस किसिमका संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलै निरन्तरता दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्