४ माघ, २०८०काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको तम्घास शाखाले मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । धुर्कोट गाउपालिका वडा नं ०१ गुल्मी मा बस्दै आएका राम बहादुर सिंजालीको असामाहिक निधन भएकोमा सिटिजन लाइफ इन्स्योरेन्सले उनको घरमै पुगेर उनकी श्रीमती गंगा सिंजालीलाइ मृत्यु दाबी भुक्तानी ५ लाख ७० हजार रुपैया प्रदान गरेको छ ।
अभिकर्ता नारायण बहादुर रानाले भने,यसरी दुस्ख परेको बेला घरमै आएर सहजै रुपमा पैसा भुक्तानी गरेकोमा कम्पनीलाइ विशेष धन्यवाद दिए । साथै, आगामी दिनमा सबै जनाले बीमा गर्न आवस्यक रहेको समेत बताए ।
बीमामा थोरै बचत गर्दापनि धेरै आर्थिक जोखिम बहनका साथै बचत पनी हुने भएको ले बीमा जरुरी भएको साथै अस्पतालमा उपचार गर्न नसकेर घरमै आएर बस्नु पर्ने अवस्था सिर्जना नहोस भनेर पनि जीबन बीमा अति आवश्यक रहेको तम्घास शाखा प्रमुख शर्मिला पन्थले जानकारी दिइन् ।
कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड तम्घास शाखा प्रमुख शर्मिला पन्थ,धुर्कोट गाउपालिका वडा नं २ का वडा सदस्य साथै कार्यपालिका सदस्य कस्मिरा अधिकारी ,अभिकर्ता नारायण बहादुर राना, स्थानीय, शिक्षक , बुद्दिजिबी, समाजसेवी र कम्पनिका अभिकर्ताहरुको समेत उपस्थिति थियो ।




