News Portal

  • हिमालयन रिको सेयरमा झुम्मिए लगानीकर्ता, एक्लैको पौने दुई अर्ब बढीको कारोबार

    आर्थीकसंसार संवाददाता४ माघ, २०८०
    ५० पटक
    ४ माघ, २०८०

    काठमाडौं । पछिल्लो समय हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै कारोबार र मूल्य निरन्तर बढेसँगै लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् ।

    बिहीबार मात्रै कम्पनी एक्लैको पौने २ अर्ब बढी अर्थात एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यससँगै सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा हिमालयन रि रहेको छ ।

    त्यसैगरी, कारोबार र कारोबार संख्याको आधारमा पनि हिमालयन रि शीर्ष स्थानमा नै देखिएको छ । दिनभरमा कम्पनीको एक लाख ५४ हजार ०११ पटकको कारोबारमा कूल ३० लाख ४४ ह जार ७०२ कित्ता सेयर किनबेच भएको छ ।

    बिहीबार हिमालयन रिको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ६५३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ८.४४ प्रतिशतले बढी हो ।
    दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता १०३.५ रुपैयाँको उतारचढाव देखिएको छ । बिहीबार कम्पनीको सेयर न्यूनतम ५५८ रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ६६१.५० रुपैयाँसम्ममा किनबेच भएको देखिन्छ । दोश्रो बजारमा प्रतिकित्ता ३०९.२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य दैनिक बढेर प्रतिकित्ता ६६१.५० रुपैयाँसम्ममा कारोबार भएको छ ।

    समग्रमा बिहीबारको बजारमा कूल ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । त्यस्तै, नेप्से परिसूचक पनि ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा झरेको छ ।

    घटेको बजारमा पनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको १० १० प्रतिशतले र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

    प्रतिकृया दिनुहोस्