News Portal

  • राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रसाद श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता२ माघ, २०८०
    ३३४ पटक
    २ माघ, २०८०

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

    कम्पनी सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका स्थायी बासिन्दा श्रेष्ठले आज माघ २ गते पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। उनलाई सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायले सपथ ग्रहण गराएका थिए।

    अध्यक्ष उपाध्यायले श्रेष्ठलाई सपथ ग्रहण गराउँदै कम्पनीको सञ्चालक समितिको सदस्यका रुपमा स्वागत पनि गरेका थिए।

    प्रतिकृया दिनुहोस्