News Portal

  • मानुषी र श्रृजनशील लघुवित्त एक हुने, स्वाप रेसियो कति ?

    आर्थीकसंसार संवाददाता२९ पुष, २०८०
    ९८ पटक
    २९ पुष, २०८०

    काठमाडौं । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो । सभाले ७३.१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    सभाले सञ्चालक समितिको निर्विरोध चयन पनि गरेको छ । गाभिने सम्बन्धमा दुई संस्था बीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो । सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । श्रृजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्