News Portal

  • हालसम्म २ हजार ३ सय २० जनाको कोरोना बीमा दावी भुक्तानी तीन अर्ब नाघ्यो

    आर्थीकसंसार संवाददाता१ मंसिर, २०७७
    १७०५ पटक
    १ मंसिर, २०७७

    काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी तीव्र पार्न बीमा समितिले स्पष्ट निर्देशन दिएसँगै दाबी भुक्तानीको गति तीव्र भएको भए पनि गत गत कार्तिक २३ गते आइतबारसम्मको तथ्याङ्कअनुसार दुई हजार ३ सय २० जनाले कोरोना बीमाको दाबी भुक्तानी पाएका छन् ।
    बीमा पुलमार्फत प्राप्त तथ्याङ्कअनुसार एक अर्ब ३८ करोड एक लाख रुपैयाँ कोरोना बीमाको दाबी भुक्तानी गर्न बक्यौता रहेको रेकर्डमै देखिएको छ । साथै राष्ट्रिय बीमा कम्पनीमा थुप्रिएको सरकारी कर्मचारी तथा सुरक्षाकर्मीको समेत जोड्दा कूल दाबी भुक्तानी हुन बाँकी रकम तीन अर्ब नाघेको छ । राष्ट्रिय बीमा कम्पनीमा मात्रै करिब डेढ अर्बभन्दा बढी दाबी परेको छ । यद्यपि सम्पूर्ण कागजात प्राप्त नभएकाले रेडर्कमा नजनाइएको सो कम्पनीको भनाई छ ।
    सबैभन्दा धेरै बक्यौता राष्ट्रिय बीमा कम्पनीको छ । राष्ट्रिय बीमा कम्पनीले बीमा दावी गर्न आएका सम्पूर्ण बीमितलाई दाबी भुक्तानी गर्न सक्ने नगद तरलताले समेत थेग्न सक्ने अवस्था छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सरकारी कर्मचारी गरी कूल २० हजार जतिले बीमा दाबी गरेका छन् । कार्यालयबाट एकैपटक बीमा दाबी प्रक्रिया गर्न खोज्दा दाबी मात्रै पर्ने र सबै कागजात जुटाउन समय लाग्ने गरेको छ । राष्ट्रिय बीमा कम्पनीले मात्रै दुई अर्बभन्दा बढी दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ । राष्ट्रिय बीमा कम्पनीमा परेको बीमा दाबीको तथ्याङ्क बीमा पुलमा आइसकेको छैन ।
    बीमा पुलमा प्राप्त विवरणअनुसार सबैभन्दा धेरै दाबी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले हालसम्म करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीले एक करोड ३२ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । सिद्धार्थ, युनाईटेड, एनएलजी, प्रिमियर, नेपाल इन्स्योरेन्सलगायतका कम्पनीहरुले एकएक करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
    दाबी भुक्तानी बक्यौता रहनेमा शिखर सबैभन्दा अगाडि छ । सो कम्पनीको २१ करोड १४ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स, १२ करोड, राष्ट्रिय बीमा कम्पनी १४ करोड, अजोड इन्स्योरेन्स २० करोड रुपैयाँ बक्यौता छ ।
    कोरोना बीमा पोलिसी नेपाल बीमक संघको नेतृत्वमा सबैले सामूहिक रुपमा बीमा शुल्क र जोखिम बाँडफाँड गर्ने शर्तमा बीमा पुलमार्फत सञ्चालित बीमा योजना भएकोले कम्पनीगत रुपमा रहेको दाबी भुक्तानीको विवरण छुट्टाछुट्टै भए पनि हिसाब किताब भने एकमुष्ट हुनेछ ।
    दुई साताअघि बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी एक साताभित्र सम्पन्न गर्न प्रक्रिया समेत छोट्याएर सरल बनाएर निर्देशन दिएपछि दाबी भुक्तानी प्रक्रियाले केही गति लिएको भए पनि अझै तीन अर्बभन्दा बढी दाबी भुक्तानी बाँकी छ ।

    प्रतिकृया दिनुहोस्