News Portal

  • उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पुष, २०८०
    ७८ पटक
    २९ पुष, २०८०

    काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा सम्पन्न भएको हो । उपकार लघुवित्त वित्तीय संस्थाकी अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।

    सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।

    साथै सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सि।ए।भगवती रेग्मी र सि.ए. निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।
    प्रतिकृया दिनुहोस्