आर्थीकसंसार संवाददाता२७ पुष, २०८०
२७ पुष, २०८०काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको ६१ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।
संस्थाको विभिन्न शेयरधनीहरुका नाममा रहेको ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।