आर्थीकसंसार संवाददाता२६ पुष, २०८०
२६ पुष, २०८०काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
काठमाडौंमा सम्पन्न भएकोे साधारणसभामा वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए। सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावहरु पारित गरेको छ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयमार्फत ७६ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब ४० करोड भन्दा बढी लगानी गरेकोे छ।