News Portal

  • रिलायबल नेपाल लाइफको १६.८४ प्रतिशत लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२५ पुष, २०८०
    १३९ पटक
    २५ पुष, २०८०

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कूल १६.८४ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको हो ।

    कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

    प्रतिकृया दिनुहोस्