News Portal

  • हिमालयन लाइफले ३ वटा कार बेच्दै, मूल्य ७ लाखदेखि १ करोड ४ लाखसम्म

    आर्थीकसंसार संवाददाता२४ पुष, २०८०
    ५४ पटक
    २४ पुष, २०८०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न कम्पनीका चालू अवस्थामा रहेका तीन वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ ।

    कम्पनीले सन् २०२२ मा बनेको १ हजार ९९९ सि.सिको हुन्डाई टक्सन सवारी बिक्री गर्ने भएको हो । उक्त सवारीको मूल्य न्यूनतम १ करोड ४ लाख रुपैयाँ तोकेको छ ।

    यस्तै, सन् २०२१ मा बनेको १ हजार ४९७ सिसिको हुन्डाई क्रेटा र सन् २०१४मा बनेको ९९८ सिसिको मारुती सुजुकी बिक्रीमा राखेको छ । हुन्डाई क्रेटाको न्यूनतम मूल्य ४० लाख १५ हजार रुपैयाँ र मारुती सुजुकीको ७ लाख रुपैयाँ तोकेको छ ।

    कम्पनीले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्