News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल शारामा छुट

    आर्थीकसंसार संवाददाता२४ पुष, २०८०
    १७२ पटक
    २४ पुष, २०८०

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल शारामा छुट हुने भएको छ ।

    सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच बैंकका ग्राहकहरुलाई विभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुवेदीले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना, सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुट सम्म दिइएको छ ।

    यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्