आर्थीकसंसार संवाददाता२२ पुष, २०८०
२२ पुष, २०८०काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको १० करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर पुस २२ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै कम्पनीको उक्त सेयर सोमबारदेखि दोश्रो बजारमा किनबेच हुने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम प्रतिकित्ता १०३.०७ रुपैयाँ र अधिकतम ३०९.२१ रुपैयाँ तोकेको छ । कम्पनीको सेयर कारोबारको लागि सिम्बोल ‘एचआरएल’ दिइएको छ ।
साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको नक्सालस्थित एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।