News Portal

  • आर्थिक समृद्धिका लागि एकताबद्ध हुन प्रधानमन्त्री ओलीद्वारा आग्रह

    आर्थीकसंसार संवाददाता३० कार्तिक, २०७७
    ११७२ पटक
    ३० कार्तिक, २०७७

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि एकताबद्ध हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र आर्थिक समृद्धिको दिशामा अग्रसर गराइरहेको बताउँदै प्रम ओलीले आर्थिक समृद्धिको पक्षमा साथ दिन सबैले एकताबद्ध हुनका लागि आग्रह गरेका हुन् ।
    प्रम ओलीले सिंगो मुलुक नयाँ संविधानअनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको पनि बताएका छन् ।
    नेपाल सम्वत् ११४१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रम ओलीले उनले राष्ट्रको समृद्धि र जनताको सुख आर्जनका लागि एकताबद्ध हुन आह्वान गरेका हुन् ।
    ‘ऐतिहासिक मुलुकको एकताको यस राष्ट्रिय पुँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात गरेका छौं’ हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं,’ प्रम ओलीले शुभकामना पत्रमा उल्लेख गरेका छन् ।
    शुभकामना सन्देशमा भनिएको छ, ‘यसै एकतामार्फत हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।’ ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत्लगायत पर्व मनाउन पनि आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्