News Portal

  • नेको इन्स्योरेन्सले माघ १२ गते बोलायो २८औँ वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा

    आर्थीकसंसार संवाददाता२० पुष, २०८०
    ८६ पटक
    २० पुष, २०८०

    काठमाडौं । नेको इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले २८औँ वार्षिक साधारणसभा माघ १२ गते लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

    इन्स्योरेन्सको सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

    कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । जसको लागि वर्तमान लेखापरीक्षक एम.आर.यु. एसोसिएट्स, चार्टर्ड एकाउण्टेण्ट्स् पुनः नियुक्तिको लागि योग्य रहेको कम्पनीले जनाएको छ ।

    आगामी ४ बर्षको लागि १ जना महिला सहित संस्थापक समूह कबाट २ जना र सर्वसाधारण समूह खबाट ३ जना गरी ५ जना संचालकको निर्वाचन गर्ने कम्पनीले जनाएको छ ।

    वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्